prabhu

ग्लोबल आइएमई बैंकको ‘समुन्नति योजना-२’ सार्वजनिक, न्यूनतम मौज्दातमा आकर्षक सुविधा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि नयाँ बचत खाता योजना ‘ग्लोबल आइएमई समुन्नति योजना-२’ सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकले केवल ५०० रुपैयाँको न्यूनतम मौज्दातमा खाता खोल्न सक्नेछन्।

बैंकले योजना अन्तर्गत निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ, एसएमएस बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोड सेवा, खातामा रकम जम्मा तथा झिक्दा कुनै सेवा शुल्क नलाग्ने, र बैंकिङ परामर्श सेवा उपलब्ध गराउने जानकारी दिएको छ।

यो योजना विशेषगरी बैंकिङ पहुँचबाट वञ्चित तथा ग्रामीण/दूरदराजका नागरिकलाई वित्तीय प्रणालीमा समावेश गराउने उद्देश्यसहित ल्याइएको हो। योजना वित्तीय समावेशीकरण अभियानको एक हिस्सा भएको बैंकले जनाएको छ।

ग्लोबल आइएमई बैंकका अनुसार ‘समुन्नति योजना-२’ बाट ग्राहकले प्रतिस्पर्धात्मक ब्याजदर पाउनेछन्। साथै यसले बचत संस्कार बढाउने र डिजिटल कारोबारप्रति आमनागरिकको पहुँच र प्रयोगलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

बैंकले हाल देशभर ३५० भन्दा बढी शाखा तथा सयौं एटीएममार्फत सेवा दिँदै आएको छ। नयाँ योजना देशभरका सबै शाखा कार्यालयमा लागू हुने जानकारी बैंकले दिएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै