DISH HOME

कामना सेवा विकास बैंक ‘बिपिए अवार्ड २०२४’ बाट सम्मानित

काठमाडौं । कामना सेवा विकास बैंकले वित्तीय क्षेत्रका सूचकहरूमा उत्कृष्ट प्रदर्शन गर्दै ‘राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड (बिपिए अवार्ड२०२४’ मा गोल्ड अवार्ड प्राप्त गरेको छ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन मूल्याङ्कनका आधारमा पारदर्शिता, जवाफदेहिता र सुशासनमा कामना सेवाको योगदान उच्च रहेको भन्दै विकास बैंकतर्फबाट उत्कृष्ट ठहर गर्दै गोल्ड अवार्ड प्रदान गरेको हो।

काठमाडौँको होटल र्याडिसनमा आयोजित कार्यक्रममा महालेखापरीक्षक तोयम रायाले बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अवार्ड हस्तान्तरण गरेका थिए।

विकास बैंकहरूको तुलनामा वित्तीय अवस्था मजबुत रहेको कामना सेवा विकास बैंक विभिन्न सूचकहरूमा पनि अब्बल रहँदै आएको छ। अवार्डले बैंकको व्यवसायिक प्रगति र सुशासनप्रतिको प्रतिबद्धता झल्काउने आईक्यानले उल्लेख गरेको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै