prabhu

नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ। नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने साउन १ गते अन्तिम दिन रहेको छ । बैंकले असार ३० गतेबाट ३ अर्ब रुपैयाँबराबरको जारी गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो।

बैंकले ‘नेपाल एसबीआई बैंक ऋणपत्र-२०९०’ निष्कासन गरेको हो । बैंकले यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ बिक्री गरेको छ ।

बैंकले कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरेको छ । बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा १२ लाख इकाइका लागि आवेदन दिन सक्नेछन्।

नेपाल एसबीआई बैंकको १० वर्षे अवधिको ऋणपत्रमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्। ऋणपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै