prabhu

ऋण उठाउन गएका कर्मचारीमाथि ‘दुर्व्यवहार’ गर्ने दुई महिलाविरुद्ध पक्राउ पूर्जी जारी, अब होला त कारवाही ?

काठमाडौँ। ऋण उठाउन गएका साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि ‘दुर्व्यवहार’ गर्ने दुई महिलाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । मोरङ प्रहरीका अनुसार मिक्लाजुङ गाउँपालिका-२ निवासी ४२ वर्षीया दुर्गामाया लिम्बु र ३३ वर्षीया माया मगरविरुद्ध अभद्र व्यवहार, गालीगलौज र हातपातको आरोपमा पूर्जी जारी भएको हो।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड मोरङको मधुमल्ला सेवा केन्द्रका प्रमुख रमेश राई र फिल्ड मेनेजर सुशीला लामिछानेमाथि आइतबार दिउँसो यो घटना भएको थियो ।

झापाको बिर्तामोड २ की ऋणी दुर्गामाया लिम्बु र माया मगरले गालीगलौज गर्दै जुत्ताको माला लगाइदिएर दुर्व्यवहार गरेका थिए। ऋणीले कर्जानवीकरणका लागि घरमै आएका कर्मचारीहरूसँगको कुराकानीको क्रममा पूर्व योजना अनुरूप गरिएको र भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरिएको आरोप सहकारीले लगाएको छ।

यस घटनामा सहकारी र कर्मचारी संगठनले कडा कारवाहीको माग समेत गरेका छन्। प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाइरहेको छ। मोरङ २ की दुर्गामाया र माया मगरले मधुमल्ला सेवा केन्द्रका प्रमुख र फिल्ड मेनेजरलाई जुत्ताले माला लगाइ, गालीगलौज गरी दुर्व्यवहार गरेकी हुन् । हाल उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। यो पनि हेर्नुहोस्:

ऋण उठाउन गएका साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि ‘दुर्व्यवहार’, ऋणीले लगाइदिन् जुत्ताको माला !

 

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै