prabhu

ऋण उठाउन गएका साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि ‘दुर्व्यवहार’, ऋणीले लगाइदिन् जुत्ताको माला !

काठमाडौँ। साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका मधुमल्ला सेवा केन्द्र प्रमुख र फिल्ड मेनेजरलाई ऋणीले दुर्व्यवहार गरेको पाइएको छ। झापाको बिर्तामोड २ की ऋणी दुर्गामाया लिम्बु र माया मगरले गालीगलौज गर्दै जुत्ताको माला लगाइदिएर दुर्व्यवहार गरेको पाइएको हो।

ऋणीले कर्जानवीकरणका लागि घरमै आएका कर्मचारीहरूसँगको कुराकानीको क्रममा पूर्व योजना अनुरूप गरिएको र भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरिएको आरोप सहकारीले लगाएको छ।

साहारा सहकारीका अध्यक्ष हरिबहादुर राजवंशी, कर्मचारी संगठनका अध्यक्ष यादव प्रसाद घिमिरे र अन्यले विरोध जनाउँदै ती दोषीविरुद्ध कडा कारवाहीको माग गरेका छन्। प्रहरीले इलाका प्रहरी कार्यालय उर्लाबारीमा दुबै ऋणीमाथि जाहेरी दर्ता गरेपछि छानबिन थालिसकेको र आवश्यक परे पक्राउ गरिने जनाएको छ।

मोरङ २ की दुर्गामाया र माया मगरले मधुमल्ला सेवा केन्द्रका प्रमुख र फिल्ड मेनेजरलाई जुत्ताले माला लगाइ, गालीगलौज गरी दुर्व्यवहार गरेकी हुन् । हाल उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।

यस घटनामा सहकारी र कर्मचारी संगठनले कडा कारवाहीको माग समेत गरेका छन्। प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाइरहेको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै