काठमाडौँ। बैंकहरूले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। जसअनुसार साउन महिनामा बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर घटेको छ।
साउनका लागि बैंक तथा वित्तीय संस्थाले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार २० मध्ये १४ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । साथै, ४ बैंकहरुले असारकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने दुई बैंकले ब्याजदर बढाएका छन् ।
साउनमा व्यक्तिगत मुद्दति निक्षेपको औसत ब्याजदर ०.२०४५ प्रतिशत बिन्दुले घटेर ५.६९७५ प्रतिशत बिन्दुमा झरेको छ भने संस्थागत मुद्दति निक्षेपको ब्याजदर ०.२६ प्रतिशत बिन्दुले घटेको छ ।
साउनमा साउनमा निक्षेपको ब्याजदर सबैभन्दा धेरै हिमालयन बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ५.५ प्रतिशतबाट बढाएर ६ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ४ प्रतिशतबाट बढाएर ५ प्रतिशत पुर्याएको छ ।
ब्याजदर घटाउनेमा प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, प्राइम कमर्सियल बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, नेपाल एसबिआई बैंक, कृषि विकास बैंक र नेपाल बैंकरहेका छन्। जसमध्ये सबैभन्दा धेरै प्रभु बैंकले १.८५ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ ।
यता माछापुच्छ्रे बैंक, ग्लोबल अइएमई बैंक, सिद्धार्थ बैंक र एनएमबि बैंकले भने असार महिनाका कै ब्याजदरलाई निरन्तरता दिएका छन्।