prabhu

नेपाल लाइफसहितका कम्पनीलाई कारवाहीको तयारी गरेका ओझा पदबाटै निलम्बित, बीमा क्षेत्रमा गर्दै थिए ‘क्रान्ति’

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्ससहितका कम्पनीलाई कारवाहीको तयारी गरेका शरद ओझा पदबाटै निलम्बित भएका छन् । झुटो विवरण बुझाएर अध्यक्षमा नियुक्ति लिएको भन्दै उनीविरुद्ध सरकारले छानविन समिति बनाएसँगै उनी निलम्बनमा परेका हुन् ।

ओझाले बीमा क्षेत्रमा प्रचलित कानुनको बर्खिलाप हुनेगरी काम गरेको भन्दै नेपाल लाइफ इन्स्योरेन्ससहित केहि कम्पनीलाई कारवाहीको तयारी गरेका थिए । त्यसपछि नेपाल लाइफसहितका केहि कम्पनीका संचालकहरु ओझालाई नै हटाउने भन्दै लागि परेको चर्चा बीमा क्षेत्रमा थियो । नभन्दै ओझा निलम्बनमा परेका छन् ।
शरद ओझा आएपछि बीमाका नाममा मनपरी गर्नेहरुको सातो उडेको थियो । उनी बीमा क्षेत्रमा सार्है राम्रा नीतिहरु ल्याएर ‘क्रान्ति’ गरिरहेका थिए । तर उनी अन्तत: निलम्बनमा परेका छन् ।
उनी निलम्बनमा परेसँगै नेपाल लाइफ इन्स्योरेन्सलाई कारवाही गर्ने तयारीमा पनि ब्रेक लागेको बुझिएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै