prabhu

बैंकिङ ट्रेण्डिङ न्युज: बैंकिङ क्षेत्रका साताभरका चर्चित ३८ खबर !

यी हुन् बैंकिङ क्षेत्रका साताभरका चर्चित ३८ खबर !

१ . पैसा नभएको चेक दिएर फरार रहेका व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङ, धुनिवेशी २ घर भई हाल काठमाडौंको चन्द्रागिरी १३ मा बस्ने ४६ वर्षीय मधुकर लुईटेल रहेका छन् । उनीविरुद्ध १ करोड १० लाख रुपैयाँको बैंकिङ कसुरको मुद्दा दर्ता भएपछि लुईटेल फरार रहेका थिए।

२ . लक्ष्मी सनराइज बैंकले ऋणीहरूलाई कर्जा चुक्ता गर्न समय दिएको छ। बैंकले एक सूचना जारी गर्दै ऋणीहरूलाई कर्जा चुक्ता गर्न ९० दिनको समय दिएको हो । उक्त समयमा पनि ऋणको सावाँ तथा ब्याज तिर्न नआउने ऋणीहरूलाई बैंकले कानुनी कारवाही गर्ने चेतावनीसमेत दिएको छ ।

३ . सानिमा बैंकले दुई पाङ्ग्रे सवारी साधन बेच्न लागेको छ। बैंकले एक सूचना जारी गर्दै आफ्नो नाममा रहेको दुई पाङ्ग्रे सवारी साधन सस्तो मूल्यमा बेच्न लागेको हो। बैंकले २०१४ सालमा बनेको हिरो स्पेल्न्डर मोटरबाइक, होन्डा डीयो स्कुटर र दुई वटा हिरो प्लेजर स्कुटर बेच्न लागेको हो ।

४ . नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकको वर्तमान आर्थिक अवस्था चुनौतीपूर्ण रहेको बताएका छन् । उनले अर्थतन्त्रले अपेक्षित गतिमा प्रगति गर्न नसकेको उल्लेख गर्दै मोनिटरी नीतिले मात्र सबै समाधान सम्भव नहुने स्पष्टसमेत पारेका छन् ।

५ . राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिस झा गभर्नरको हर्कत देखेर आक्रोशित भएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्वनाथ पौडेलले मौद्रिक नीतिसँग सम्बन्धित कार्यक्रम नसकिँदै हिँडेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिस झा आक्रोशित भएका हुन्। यस्तै उनले फ्लोरबाट उठेर गभर्नर यस्ता खाले कार्यक्रमबीचमै छाडेर हिँड्न नहुने बताएका छन्।

६ . चालु आर्थिक वर्षको ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ । जेठ महिनामा मात्र एक खर्ब ७६ अर्ब ३२ करोड बराबरको रेमिट्यान्स नेपाल भित्रिएको हो । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको  विवरण अनुसार  जेठ मसान्तसम्ममा रेमिट्यान्स  १५.५ प्रतिशतले वृद्धि भएको हो ।

७ . सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेललाई कामकाजमा रोक लगाउन माग गर्दै दायर गरिएको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले मंगलबार उक्त रिटमा प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश आवश्यक नरहेको ठहर गरेको हो ।

८ . राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले नयाँ बैंक सञ्चालनका लागि लाइसेन्स खुला गरिनुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकसमेत रहेको श्रेष्ठले लामो समयदेखि बन्द लाइसेन्स अब खोल्नुपर्ने बताएका हुन्।

९ . सिन्धु विकास बैंकले कर्मचारी माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो। बैंकले चिफ रिक्स अफिसर, क्रेडिट अफिसर, कम्प्लिएनस् अफिसर, चार्टड अकाउन्टेन्ट, ब्रान्च म्यानेजर, अप्रेसन इन्चार्ज र गोल्ड टेस्टर पदका लागि कर्मचारी माग गरेको छ।

१० . ग्लोबल आईएमई बैंकमा रहेको खाताबाट जिउँदो मान्छेलाई मरिसकेको प्रमाणित गरेर खाता नविकरण र चेक साट्ने काम भएको खुलासा भएको छ । शैल्यशिखर नगरपालिकाले मर्दै नमरेको मान्छेलाई मरिसकेको दाबी गरेर यस्तो काम गरेको खुलासा भएको हो । ग्लोबल आइएमई बैंकमा मृत सिफारिस गरिएका जानकी धामी र मन्जु धामी जिवितै रहेको खुलासा भएपछि यस्तो बदमासी बाहिर आएको हो ।

११ . राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले नयाँ बैंक सञ्चालनका लागि लाइसेन्स खुला गरिनुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकसमेत रहेको श्रेष्ठले लामो समयदेखि बन्द लाइसेन्स अब खोल्नुपर्ने बताएका हुन्।

१२ . पूर्व अर्थमन्त्री वर्षमान पुनले मौद्रिक नीति अत्यधिक लचिलो बनाउन नहुने बताएका छन्। विगतमा अत्यन्त लचिलो नीति अपनाइएकोले त्यसको असर अझै देखिइरहेको उल्लेख गर्दै उनले आगामी मौद्रिक नीति सन्तुलित र सावधानीपूर्वक ल्याउनुपर्नेमा जोड दिएका हुन्।

१३ . पछिल्लो समय लघुवित्त संस्थाहरूमा तोडफोड हुन थालेको पाइएको छ । मनिराम ज्ञवालीको नेतृत्वमा रहेको लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिले  दाङ र कपिलवस्तुका विभिन्न स्थानमा लघुवित्त संस्थाका शाखा कार्यालयहरूमा तोडफोड गरिएको पाइएको हो ।

१४ . उन्नति सहकार्य लघुवित्तले कर्मचारीको माग गरेको छ । लघुवित्तले अधिकृत, कनिष्ठ अधिकृत, सहाय, वरिष्ठ सहायक, सुपरभाइजर र कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि कर्मचारीको माग गरेको हो । लघुवित्तमा जागिर खान चाहनेले साउन ७ गतेभित्र आवेदन दिन सक्नेछन् ।

१५ .  नेपाल राष्ट्र बैंकले बैंकहरुको अहिलेको बर्गिकरण खारेज गरेर नयाँ बर्गीकरणको ढांचा ल्याउने तयारी गरेको छ । राष्ट्र बैंक स्रोतका अनुसार अहिलेको क, ख ग र घ बर्गलाई परिमार्जन गरेर, बैंक र लघुवित्त गरेर दुई बर्ग मात्र राख्नेगरी तयारी भएको छ । यस विषयमा गभर्नर आन्तरिक परामर्शमा रहेको राष्ट्र बैंकका अधिकारीहरुको भनाई छ ।

१६ . राष्ट्र बैंकले बैंकको नयाँ लाइसेन्स बाँड्ने र पुराना बिग्रिएका बैंकको लाइसेन्स खारेज गर्ने विषयमा आन्तरिक परामर्श सुरु गरेको छ । बैंकहरुको लाइसेन्स असिमित कालका लागि हुन नहुने भन्दै राष्ट्र बैंकले यस्तो तयारी गरेको हो ।

१७ .  माटो खेलाउनेले भन्दा कागज खेलाउनेले ऋण पाउने गरेको गुनासो चौतर्फी आएपछि नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आफु यस विषयमा गम्भीर बनेको बताएका छन् । कृषि तथा पशुपक्षी विकास मन्त्री राम नाथ अधिकारीसंगको भेटमा उनले यस्तो बताएका हुन् ।

१८ . असार मसान्त नजिकिदै गर्दा बैंकका कर्मचारी हदैसम्मको पेलानमा काम गरिरहेको पाइएको छ । कतिपय बैंकका रिकभरी विभागका कर्मचारी विहानै ८ बजे कार्यालय पुगेर राती ११ बजेसम्म काम गरिरहेकोसमेत पाइएको हो ।

१९ .  काममा अत्याधिक व्यस्त भएर परिवारमा समय दिन नसकेको भन्दै एनआईसी एशिया बैंकमा कार्यरत एक कर्मचारीकी श्रीमतीले आफ्ना श्रीमानसँग सम्बन्ध बिच्छेद गरेकी छिन् । दिनरात बैंकको काम छ भन्दै बाहिर हिड्ने, घर परिवारलाई समय पनि नदिने भन्दै ती कर्मचारीकी श्रीमतीले श्रीमानसँग डिभोर्स गरेकी हुन् ।

२० . आर्थिक वर्ष २०८२–८३ देखि नेपाल राष्ट्र बैंक, राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक र कृषि बिकास बैंकमा नियुक्त हुने कर्मचारीहरुले पेन्सन नपाउने भएका छन् । सरकारले पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएपछि यस्तो अवस्था बनेको हो । अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाउन राष्ट्र बैंकलाई परिपत्रसमेत गरिसकेको छ ।

२१ . नेपाल राष्ट्र बैंकले सेयर बजार ह्वात्तै बढ्न दिने ठाउँ राखेर मौद्रिक नीति ल्याएको छ । यसअघि १५ करोडसम्म सेयर कर्जा लिन मिल्ने व्यवस्था परिमार्जन गर्दै राष्ट्र बैंकले २५ करोडसम्म ऋण लिन मिल्ने व्यवस्था  गरेको हो। योसँगै सेयर बजारमा उछाल आउने संकेत देखिएको छ । केहि समय यता सेयर बजारमा बैंकका सेयरको मूल्य बढिरहेका छन् ।

२२ . पहिलोपटक घर बनाउनेलाई नेपाल राष्ट्र बैंकले ३ करोडसम्म बैंकले ऋण दिने र भ्यालुएसनको ८० प्रतिशतसम्म ऋण दिने व्यवस्था गरिदिएको छ।  मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।
२३ . बैंकको ऋणको ब्याज अझै घट्ने भएको छ । ब्याजदरमा पछिल्लो डेढ वर्षयता क्रमश: लचक हुँदै गएको राष्ट्र बैंक चालु वर्ष थप नरम देखिएपछि बैंकको ब्याज अझै घट्ने भएको हो । निक्षेपको ब्याज घटेपछि ऋणको ब्याज पनि घट्ने भएको छ ।
२४ .  सहुलियतपूर्ण कर्जा पाउनुपर्नेले नपाएको चौतर्फी गुनासो बढिरहेका बेला नेपाल राष्ट्र बैंकले यस्तो कर्जामा विशेष ध्यान दिने भएको छ । पाउनुपर्नेले नै यस्तो कर्जा पाउनेगरी राष्ट्र बैंकले विशेष व्यवस्था गर्ने राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सार्वजनिक घोषणा गरेको छ।
२५ .  बैंकहरुले निकै दुख दिने गरेको गुनासो चौतर्फी बढेपछि राष्ट्र बैंकले ऋणीका गुनासा सुन्न ऋणीसँग राष्ट्र बैंक कार्यक्रम ल्याउने घोषणा गरेको छ । यो कार्यक्रम आएपछि ऋणीहरुले बैंकले दिएको हैरानीबारे सिधै राष्ट्र बैंकसँग कुरा गर्न पाउने भएका छन् ।
२६ .  सेयर लगानीकर्ता तथा पूर्व कांग्रेसी नेता विश्व पौडेलले गभर्नर बनेपछि ल्याएको मौद्रिक नीतिको चौतर्फी वाहवाही भएको छ । सार्है सन्तुलित, र बजारमैत्री नीति ल्याएको भन्दै उनको चौतर्फी वाहवाही भएको हो ।
२७ . नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारीले पुन: सेयर बजारमा कारोबार गर्न थालेका छन् । गभर्नर भएपछि नियमअनुसार नमिलेर सेयर कारोबार गर्न छोडेका अधिकारी पुन: सेयर बजारमा फर्किएका हुन् ।
२८ . जथाभावी ब्याज लिन लघुबित्तहरुलाई नेपाल राष्ट्र बैंकले नै खुला छोड्ने भएको छ ।  १५ प्रतिशतमाथि ब्याजदर लिन पाउने गरी लघुवित्त वित्तीय संस्थामा आधारदर नीति लागू गर्ने भएपछि अब लघुबित्तहरुले जति पनि ब्याज लिन पाउने भयेका हुन् । पहिला १५ प्रतिशत भन्दा ब्याज लिन नपाउने व्यवस्था थियो ।

२९ . अब चेक बाउन्सको केसमा सजिलै मिलापत्र गर्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार चेक काट्ने र पाउने दुबैले मिलापत्र गर्न चाहेमा यो प्रकृया सजिलो भएको हो ।

३० . लगानी गर्न योग्य नदेखेपछी नेपाल धितोपत्र बोर्डले प्राइम कमर्सियल बैंकको ऋणपत्र नै रोकिदियेको छ । बोर्डले चालेको यस्तो कदमको चौतर्फी चर्चा भैइरहेको छ ।

३१ . लामो समयदेखि बढ्दै नबढेका बाणिज्य बैंकका सेयर मूल्य बढ्न थालेका छन् । ठुला सेयर खेलाडीहरिसमेत बाणिज्य बैंकमा आकर्शित हुन थालेपछी बाणिज्य बैंकका सेयरधनीहरु मालामाल भएका हुन् ।

३२ . कतिपय बैंकका कर्मचारीहरु अफिसमा असार मसान्त चलिरहेको बाहानामा घमा ढाँटेर बाहिर रमाइलो गरिरहेको पाईएको छ । घरमा असार मसान्त छ भनेर बाहाना बनाउने तर फिल्म हेर्न जाने, बाहिर साथीभाइसँग रमाइलो गर्ने, घर अबेर आउनेजस्ता हर्कत ब्रान्च मेनेजरहरुबाटैसमेत भएको पाइयेको हो । यसरी केही मेनेजरहरुले झुट बोल्दा रात विरात बैंकको काम गरिरहेकाहरुको आत्मासम्मानमासमेत चोट पर्ने देखियेको छ ।

३३ . असार मसान्तको प्रेसरमा पेलानमा काम गर्नु परेपछी देशभर बैंकका सयौँ कर्मचारी बिरामी पर्न थालेका छन् । बैंकले अनावश्यक टार्गेट दिएर काममा लगायेपछी बैंकका कर्मचारीहरु बिरामी पर्न थालेका हुन् ।

३४ . काममा प्रेसर भएको भन्दै विभिन्न बहानामा ग्लोबल आईएमइ बैंकका कर्मचारीले असार मसान्त नजिँकिदै गर्दा नै जागिर छोडेका छन् । बिदेशको भिसा लागेको, घरमा बा आमा सिकिस्तै भएको लगायतका बहाना बनायेर बैंकको जागिर छोड्नेहरु ह्वात्तै बढेका हुन् ।

३५ . ग्लोबल आईएमई बैकका कर्मचारीले बैंकको पैसा कागज मिलाएर आफ्नै कर्मचारीको खातासम्म पुर्याउने गरेको खुलासा भएको छ । आफ्नै श्रीमतीका नाममा कम्पनी बनाउने, र सो कम्पनीमा खर्च देखायेर पैसा दिने काम भएको पाइयेको हो । राष्ट्र बैंकले यश विषयमा खोजिनिधीसमेत गरेको छ ।

३६ . ग्लोबल आईएमई बैंकले कतिपय रिणीलाई कागज नै नपुगीसमेत रिन दियेको पाइयेको छ । नेपाल राष्ट्र बैंकले गरेको इन्स्पेक्सनमा क्रममा बैंकको यस्तो बदमासी फेला परेको हो ।

३७ . कुमारी बैंकले एक भन्दा बढी खातामा एउटै मोबाइल नम्ब राखेर खाता सञ्चालन गर्न नदिने भएको छ । बैंकले एक भन्दा बढी खाताहरूमा एउटै मोबाइल नम्बर राखि बैंकिङ्ग सेवा प्राप्त गरिरहेका ग्राहकको खाता नै बन्द गर्नेसमेत भएको हो ।

३८ . ग्राहकका विवरण ह्याकरको हातमा पुगेको खल्ती र करोडौँ खर्च गर्दा पनि जनताको मन जित्न नसकेको आइएमइ पे साउन १ गतेबाट एक हुने भएका छन् । दुई कम्पनीले यहि साउन १ गतेबाट आइएमई खल्ती नामबाट सेवा सुरु गर्ने भएका छन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै