काठमाडौँ। नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनीको सेयर मूल्य घटाउने गर्ने निर्णय गरेको छ। समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका कुल ३५ सेयरधनीको सेयर मूल्य राष्ट्र बैंकले घटाएर १ प्रतिशतमा सीमित गर्ने निर्णय गरेको हो ।
यसअन्तर्गत बैंकका २५ संस्थापक तथा १० सर्वसाधारण सेयरधनीको सेयर बराबरी रूपमा १ प्रतिशतमा झारिने भएको हो।




