DISH HOME

हिमालयन लघुवित्तले लाभांश दिने, सेयरधनीहरू मख्ख !

काठमाडौँ। हिमालयन लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ। लघुवित्तको मंसिर ११ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१-८२ को मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ०.३५ प्रतिशत नगद लाभांश दिने जनाएको छ। जसअनुसार बैंकले कुल ७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

लघुवित्तको हाल चुक्ता पुँजी ३१ करोड ९८ लाख रहेको छ। नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने लघुवित्तले जनाएको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै