काठमाडौँ। प्रभु बैंकको सञ्चालक समितिको अध्यक्षमा किशोरजंग कार्की र स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याल नियुक्त भएका छन्। बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले उनीहरूलाई सो पदमा चयन गरेको हो ।
बैठकले अध्यक्षमा किशोर जंग कार्कीलाई चयन गर्दै स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याललाई मनोनित गरको छ । अध्यक्ष र स्वतन्त्र सञ्चालक मनोनित भएसँगै प्रभु बैंकको सात सदस्यीय सञ्चालक समितिले पूर्णता पाएको छ ।
बैंक सञ्चालक समितिको अध्यक्ष बनेका कार्की पब्लिक सेयर होल्डरका तर्फबाट सञ्चालक समितिमा थिए ।
यता, स्वतन्त्र सञ्चालक बनेका रमेश राज अर्याल भने पूर्व बैंकर हुन् । अर्यालसँग तीन दशक भन्दा बढी बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।