काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा उद्यमी विनोद चौधरीले नेपाली बैंक तथा वित्तीय संस्थाहरुलाई विदेशमा शाखा खोल्न दिने व्यवस्था गर्नुपर्ने बताएका छन्।
बिहीबार सिंहदरबारमा बसेको संघीय संसदको अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक ९बाफिया०माथि छलफल भइरहेको अवसरमा सांसद चौधरीले वर्तमान विधेयकले बैंकको वर्तमान आवश्यकता समेट्न नसकेको भन्दै पुनः संशोधन आवश्यक रहेको बताए।
‘बाफिया विधेयक दुई वर्षदेखि ड्राफ्टमै अल्झिएको छ, तर अहिलेको परिवेशमा बैंकिङ क्षेत्रले भोगिरहेको चुनौती र सम्भावना फरक भइसकेका छन्,’ उनले भने। ‘ नेपालका बैंकलाई विदेशमा, विशेषगरी नेपाली समुदायको बाक्लो उपस्थिति भएका अस्ट्रेलिया, मलेसिया लगायतका मुलुकहरूमा शाखा खोल्न दिनुपर्छ।’
चौधरीले नेपाली बैंकहरूले नेपाली प्रवासीबाट पुँजी संकलन गर्न पाउनुपर्नेमा जोड दिए। ‘ नेपाली बैंकहरूले किन विदेशबाट नेपालीको पुँजी संकलन गर्न नपाउने रु किन विदेशी नेपाली समुदायलाई सेवा दिन नपाउने रु’ उनले प्रश्न गरे।
हालको आर्थिक सुस्तता र बैंकहरूको लगानी क्षमतामा आएको कमीप्रति चिन्ता व्यक्त गर्दै चौधरीले बैंकर्स र उद्योगीहरूको मनोबल उच्च बनाउने खालका नीति आवश्यक रहेको धारणा राखे। उनले भने, ‘ लगानी भएको खण्डमा मात्र उद्योगीहरूले ऋण लिन्छन् भन्ने भ्रम तोड्न जरुरी छ।’