DISH HOME

बैंकहरूको कुल निक्षेप ७१ खर्ब नाघ्यो, एकैदिन ११ अर्ब रुपैयाँले बढ्यो निक्षेप संकलन, कर्जा लगानी पनि २ अर्बले बढ्यो !

काठमाडौँ। बैंकहरूको कुल निक्षेप ७१ खर्ब नाघेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असार १४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ७० खर्ब ८२ अर्ब रुपैयाँ पुगेको हो।

असार १३ गतेसम्म बैंकहरूमा कुल निक्षेप ७० खर्ब ७१ अर्ब रुपैयाँ थियो। बैंकहरूमा एकैदिन ११ अर्ब रुपैयाँले निक्षेप बढेको छ।

त्यस्तै, असार १४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुले ५५ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। अघिल्लो दिनसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५५ खर्ब ८० अर्ब रुपैयाँ थियो। अघिल्लो दिनको तुलनामा कर्जा लगानी २ अर्ब रुपैयाँले बढेको छ।

यता बैंकहरूको सीडी रेसियो ७७.८२ प्रतिशत रहेकोमा असार १४ गते घटेर ७७.७३ प्रतिशत कायम भएको छ भने अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै