prabhu

बैंकहरुको बिदा घटाउनुपर्ने माग राख्ने को हो ? बैंकर भन्छन्- ‘हामीचाहिँ रोबोर्ट हो र ?’

काठमाडौँ । अत्याधिक बैंक विदाका कारण उद्योग-व्यवसायमा असर पर्ने गरेको भन्दै मोरंग उद्योग व्यापार संघले बैंकमा हुने विदा घटाएर अधिकतम १३ दिन बनाउन राष्ट्र बैंकलाई सुझाव दिइएको छ । संघले नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीतिका लागि सुझाव पेश गर्दै यस्तो माग गरेको हो ।

यता बैंकरहरुले भने सो सुझावप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आफुहरु पनि श्रम गर्ने व्यक्ति भएको भन्दै उनीहरुले बर्षमा १३ दिन मात्र बिदा पाउने, बाँकी सधैं काम गर्ने हामी रोबोर्ट हो र ? भन्दै प्रश्न पनि गरेका छन् । अहिले यो विषयले सामाजिक संजाल तताएको छ ।

बैंकको तल्लो तहको जागिरलाई निकै प्रेसरयुक्त जागिर मानिन्छ ।

 

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै