prabhu

राष्ट्र बैंकले नै कारवाही गरेका व्यक्तिलाई बैंकिङ सुधार सुझाव कार्यदलको जिम्मा !

काठमाडौँ । बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलमा नेपाल राष्ट्र बैंकले नै कारवाही गरेका व्यक्ति परेको खुलासा भएको छ । राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलको पहलमा गठित सो कार्यदलमा राष्ट्र बैंकले नै ३५ लाख रुपैयाँ जरिवाना तिराइएका सानिमा बैंकका तत्कालीन सीइओ भुवन दाहाललाई सदस्य बनाइएको खुलासा भएको हो ।

गभर्नर पौडेल स्वयम् पनि सानिमा बैंकका पूर्व संचालक एवं वर्तमान प्रमोटर सेयरधनी हुन् । आफैं मालिक भएको बैंकका पूर्व सीइओलाई पौडेलले राष्ट्र बैंक सुधारको सुझाव कार्यदलको जिम्मा दिएका हुन् ।

केहि समय अघि मात्र गैरकानुनी रुपमा दाहालले ३५ लाख रुपैयाँ लिएको भेटिएपछि उनलाई कारवाही स्वरुप सो रकम तिराइएको थियो ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै