DISH HOME

एनएमबि लघुवित्तको १२औँ वार्षिक साधारण सभा असार ३२ गते, के के छन् प्रमुख प्रस्तावहरू ?

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १२औँ वार्षिक साधारण सभा आउँदो असार ३२ गते पोखराको होटल सिटी स्क्वायरमा बिहान ९ बजे बोलाएको छ। सभामा आर्थिक, व्यवस्थापकीय र नीतिगत प्रस्तावहरू पेश हुनेछन्।

सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित उक्त वर्षको वासलात, नाफा-नोक्सान विवरण, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू पनि पारित गरिनेछ।

सभाका मुख्य प्रस्तावहरू यस्ता छन् :
आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण।

प्रवन्धपत्र संशोधनमार्फत:

संस्थापक समूहको शेयर स्वामित्व ५१ प्रतिशत कायम गर्ने दफा ६ (ङ)

सर्वसाधारण समूहको शेयर स्वामित्व ४९ प्रतिशत कायम गर्ने दफा ६ (च)

संस्थापक समूहअन्तर्गत मनोनीत सञ्चालकको संख्या समायोजन गर्ने नियम ३१ (क)

सञ्चालक समितिको गठन, संख्या र कार्यकालसम्बन्धी नियम २७ (२) संशोधन।

अन्य ‘घ’ वर्गका लघुवित्तसँग गाभ्नेरगाभिने वा प्राप्ति प्रक्रियाको तयारीका लागि समिति गठन, मूल्याङ्कनकर्ताको नियुक्ति, सम्झौता पत्रमा हस्ताक्षर गर्ने अधिकार सञ्चालक समिति वा तोकिएको पदाधिकारीलाई दिने प्रस्ताव।

आवश्यक परेमा नियामक निकायको निर्देशन अनुसार प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न अख्तियारी दिने प्रस्ताव। एनएमबि लघुवित्तको यो साधारण सभामा नीति, स्वामित्व संरचना र सम्भावित गाभ्ने प्रक्रियालाई अगाडि बढाउने ठूला निर्णयहरू प्रस्तावित गरिएको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै