DISH HOME

सार्है धनी रहेछन् गभर्नर पौडेल, १४ करोडको त सेयर मात्र, घर र सुनको हिसाबकिताब यस्तो…

काठमाडौँ। नेपाल राष्ट्र बैंकका डा. विश्वनाथ पौडेलले आफुसँग भएको सम्पत्तिको विवरण सार्वजनिक गरेका छन्। गभर्नर नियुक्त भएपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने नियमअनुसार गभर्नर पौडेलले आफ्नो र पत्नीका नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

गभर्नर भएपछि र कार्यकाल सकिएपछि सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्ने व्यवस्था रहेको छ। उनले सार्वजनिक गरेको विवरण अनुसार उनीसँग भैंसीपाटीमा एउटा घर, ४५ तोला सुन र विभिन्न बैंकमा गरेर कुल २७ लाख रुपैयाँ रहेको छ।

यता गभर्नर पौडेलसँग १४ करोडको सेयर र १५ लाख बराबरको हिरा पनि रहेको छ। साथै,  गभर्नरकी पत्नीका नाममा ४४ लाख रुपैयाँमा खरिद गरेको सुजुकी कार छ। जुन  गभर्नर पौडेलले २०७७ साल भदौमा किनेका हुन्।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै