काठमाडौँ। जिल्ला अदालत मोरङ परिसरबाट चेक अनादरमुद्धामा दोषी ठहर भएका व्यक्ति फरार भएका छन्। फरार हुनेमा विराटनगर महानगरपालिका-१३ का ४० वर्षीय विजय शंकर झा रहेका छन्।
सुनसरीको दुहबीबाट पक्राउ परेका झालाई मोरङ अदालत उपस्थित गराइएको थियो । तर, उनी शौचालय जाने बहानामा अदालत परिसरबाट फरार भएका हुन् ।
नागेश्वरप्रसाद साहले ७ लाख ५० हजार बिगो र त्यसको ब्याज दाबी गरेर झाविरुद्ध अदालतमा फिरादपत्र दर्ता गराएका थिए । मोरङ अदालतले २०८० साल माघ २३ गते झाबाट बिगोबापतको रकम र ब्याज भराउनुपर्ने फैसला गरेको थियो ।
साहकै माग बमोजिम झालाई २ वर्ष कैदमा राख्न अदालतबाट आदेश आएको थियो । हाल फरार झाको खोजी भइरहेको प्रहरीले जनाएको छ।