prabhu

नबिल बैंकबाट १२ वर्षअघि लुटिएको दुई करोड रकमबारे प्रहरीले सुरू गर्यो अनुसन्धान, रिजल्ट आउनेगरी काम सुरु !

काठमाडौँ। नबिल बैंकबाट १२ वर्षअघि लुटिएको दुई करोड ३० लाखबारे प्रहरीले फेरि अनुसन्धान सुरू गरेको छ। धनगढी, नबिल बैंक महेन्द्रनगर शाखा कार्यालयबाट धनगढी ल्याइँदै गरेको २ करोड ३० लाख ६० हजार रुपैयाँ भीमदत्त पन्त राजमार्गअन्तर्गत कैलाली मालाखेती-३, चौकीडाँडामा लुटिएको सो रकमबारे प्रहरीले फेरि अनुसन्धान सुरू गरेको हो  ।

धनगढीस्थित नेपाल राष्ट्र बैंकमा जम्मा गर्न जिपमा ल्याइँदै गरेको पैसा ट्राफिक प्रहरीको भेषमा रहेको अज्ञात समूहले लुटेको थियो । कैलाली प्रहरी स्रोतका अनुसार नबिल बैंक लुटपाट घटनाको अनुसन्धान फेरि सुरु गरिएको छ ।

हाल भने कैलाली प्रहरी टोली रिजल्ट आउनेगरी काम गरीरहेको स्रोतले जनाएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै