काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीहरूका नाममा रहेको २ लाख २३ हजार २९९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। अब यी सेयरहरू सर्वसाधारण, कम्पनी, संघ-संस्थालगायत इच्छुक सबैले खरिदका लागि आवेदन दिन सक्नेछन्।
पहिला विद्यमान संस्थापक सेयरधनीहरूद्वारा उक्त सेयर खरिद नगरिएको हुँदा अब सर्वसाधारण लगानीकर्ताका लागि समेत बिक्री खुला गरिएको हो। इच्छुक लगानीकर्ताहरूले असार १० गतेदेखि ७ कार्यदिनभित्र कति कित्ता सेयर खरिद गर्न चाहन्छन् भन्ने उल्लेख गर्दै बैंकको सेयर शाखा, लाजिम्पाट काठमाडौंमा आवेदन दिन सक्नेछन्।