prabhu

ग्लोबल आईएमई बैंकमा खाता खोल्नेहरु होसियार ! लिँदै नलिएको सेवाको पैसा मागिरहेको खुलासा !

काठमाडौँ । के तपाईं ग्लोबल आईएमई बैंकमा कारोबार गर्नुहुन्छ ? गर्नुहुन्छ भने तपाईं अव होसियार हुनुपर्ने भएको छ । किनकि, ग्लोबल आईएमई बैंकले लिँदै नलिएको सेवाको पैसा पनि मागिरहेको खुलासा भएको छ । बैंकले क्रेडीट कार्डको सेवा लिँदै नलिएकाहरुलाई पनि सोको पैसा तिर्न ताकेता गरिरहेको पाइएको हो ।

यता बैंकले भने यसलाई सिष्टमको खराबी भएको र नियतमा भने कुनै समस्या नभएको दाबी गरेको छ । बैंकको सिष्टममा देखिएको समस्याका कारण क्रेडीट कार्ड नै नलिएकाहरुको मोबाइलमा पनि पैसा तिर्न ताकेता गर्दै एसएमएस गएको बैंकले स्वीकार गरेको हो । आफुले चलाउँदै नचलाएको क्रेडीट कार्डको पैसा किन तिर्ने ? भन्दै ग्राहकले सम्पर्क गरेपछि बैंकले बैंककै सिष्टममा समस्या भएकोले गल्ती भएको स्वीकारेको हो ।

यद्यपी बैंकले अझै पनि सो समस्या समाधान नभएको बताएको छ । बैंकको न्युरोड शाखाका कर्मचारीले बैंकको सिष्टममा देखिएको समस्या समाधान नभएको र यस विषयमा आफुहरुले हेड अफिसमा सम्पर्क गरिसकेको बताएका हुन् । ती कर्मचारीका अनुसार ग्राहकलाई गलत एसएमएस जाने मात्र होइन, खाताको पैसाको विवरण देखिने कुरामा पनि समस्या देखिएको छ । यद्यपी सो समस्या छिट्टै समाधान हुने विश्वास आफुहरुले लिएको ती कर्मचारीले बताएका छन् ।

यता ग्लोबल आईएमई बैंकले यसरी लिँदै नलिएको सेवाको पनि पैसा माग्न थालेको भन्दै सामाजिक संजालमा यसको चर्को विरोध भईरहेको छ । बैंकको मनपरीका विषयमा कतिपयले भिडियो नै बनाएर खुलेर बोलेका छन् भने कतिपयले बैंकको लापरवाहीले पराकाष्टा नाघेको भन्दै आक्रोश पोखिरहेका छन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै