काठमाडौँ। सिन्धु विकास बैंकले घर कर्जा दिने भएको छ । बैंकले २५ वर्षसम्मको अवधिका लागि २ करोडसम्म ऋण दिने भएको हो।
उक्त कर्जाको ब्याजदर ८.५४ प्रतिशत रहनेछ। यस्तो कर्जा लिन चाहने ग्राहकहरुले सिधै सिन्धु विकास बैंकमा सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ।
बैंकले सबै घर निर्माणको आवश्यकता पूरा गर्नका लागि यो कर्जा योजना सार्वजनिक गरेको हो । बैंकका अनुसार ग्राहकले अधिकतम २५ वर्षसम्म कर्जा चुक्ता गर्न सक्नेछन् र एक घर वा अपार्टमेन्ट निर्माण वा खरिदका लागि २ करोड रुपैयाँसम्म कर्जा लिन सक्नेछन् ।
आवासीय प्रयोजनका लागि जग्गा खरिद, रेडिमेड घर वा अपार्टमेन्ट खरिद र आफ्नै घर निर्माणमा समेत यो योजना उपयोगी रहेको बैंकले जनाएको छ । सूचनासहित: