काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३७ रुपैयाँ ४१ पैसा र बिक्री दर १३८ रुपैयाँ ०१ पैसा रहेको छ।
आज युरो एकको खरिद दर १५९ रुपैयाँ ०९ पैसा र बिक्री दर १५९ रुपैयाँ ७९ पैसा रहेको छ । मंगलबार बेलायती पाउण्डको खरिद दर १८६ रुपैयाँ ६६ पैसा र बिक्री दर १८७ रुपैयाँ ४८ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ७० पैसा र बिक्री दर ३७ रुपैयाँ ८६ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । बाँकी अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्: