वाणिज्य बैंकहरुले कर्मचारीको तलब बढाए, सबैभन्दा धेरै तलब राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीको !

काठमाडौँ। वाणिज्य बैंकहरुले कर्मचारीको तलव बढाएका छन् । १० महिनामा वाणिज्य बैंकहरुले कर्मचारीको तलबभत्तामा खर्च गर्ने रकम ६. ३३ प्रतिशतले बढाएका हुन् ।

कर्मचारीको तलबमा सबैभन्दा धेरै खर्च गर्नेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ भने वृद्धिदरको हिसाबले एनएमबि बैंक अगाडि रहेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरु वैशाखसम्म कर्मचारीको तलबभत्तामा ४८ अर्ब ४२ करोड ४८ लाख रुपैयाँ खर्च गरेका हुन्। अघिल्लो वर्ष यही अवधिसम्म बैंकहरुले ४५ अर्ब ५४ करोड २९ लाख रुपैयाँ खर्च गरेका थिए।

अघिल्लो वर्षको तुलनामा बैंकहरुले कर्मचारीको तलबभत्तामा खर्च गर्ने रकम ६.३३ प्रतिशतले बढेको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै