DISH HOME

‘बैंकिङ क्षेत्रलाई अझ सबल बनाउँछु’- गभर्नर

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफू बैंकिङ क्षेत्रलाइ प्रभावकारी र समग्र अर्थतन्त्रमा स्थायित्वको लागि प्रतिबद्ध रहेको बताएका छन्। नेपाल बैंकर्स संघले आयोजना गरेको निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको विदाइ तथा नवनियुक्त गभर्नर डा. पौडेलको स्वागत कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

गभर्नर पौडेलले आगामी दिनमा बैंकिङ क्षेत्रसँग समन्वय र परामर्शमा आधारित नीति निर्माण गर्ने र नेपाली बैंकिङ क्षेत्रलाई अझ सबल, समावेशी र दीर्घकालीन विकासको दिशामा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा बैंकिङ क्षेत्रका प्रतिनिधिहरूले निवर्तमान गभर्नरप्रति कृतज्ञता प्रकट गर्दै नव नियुक्त गभर्नरलाई सफल कार्यकालको शुभकामना दिएका थिए । कार्यक्रममा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू, नायब कार्यकारी अधिकृतहरूको उपस्थिति थियो।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै