prabhu

ग्लोबल आइएमई बैंक र यती एअरलाइन्सको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक, पहिलो टिकट निःशुल्क

काठमाडौं । ग्राहकलाई लक्षित गर्दै नयाँ सेवा र सुविधाहरू ल्याउँदै आएको ग्लोबल आइएमई बैंकले यती एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड स्कीम’ सार्वजनिक गरेको छ। हालै काठमाडौंमा आयोजित एक विशेष समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र यती एअरलाइन्सका सीईओ सुवास सापकोटाले संयुक्त रूपमा यो कार्ड सार्वजनिक गरेका हुन्।

यस कार्ड स्कीम अन्तर्गत, कार्ड प्रयोगकर्ताले पहिलो पटक यती एअरलाइन्सको टिकट खरिद गर्दा क्यासब्याकको सुविधा पाउनेछन्, जसले गर्दा पहिलो टिकट ‘निःशुल्क’ हुनेछ। साथै, कार्ड प्रयोगकर्ताले भविष्यमा पनि यती एअरलाइन्सको टिकट खरिदमा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

यस स्कीममा कार्डधारीले चेक-इनमा प्राथमिकता, ५ किलो अतिरिक्त लगेज सुविधा, बोनस पोइन्ट, तथा विशेष सेवा सुविधाहरू समेत प्राप्त गर्नेछन्। कार्ड जारी गर्दा ग्राहकलाई प्रारम्भिक १०० बोनस पोइन्ट दिइनेछ, जसलाई विभिन्न सेवा तथा छुटमा प्रयोग गर्न सकिनेछ। साथै, कार्डबाट एइक् वा ई–कमर्स प्लेटफर्ममार्फत कारोबार गर्दा प्रत्येक १०० रुपैयाँमा १ माइलेज प्वाइन्ट प्रदान गरिनेछ।

ग्लोबल आइएमई बैंकका सीईओ रेग्मीका अनुसार, यो सहकार्य डिजिटल कारोबार प्रवर्द्धनसँगै ग्राहक सेवाको स्तरवृद्धिमा सघाउ पुर्‍याउने उद्देश्यले ल्याइएको हो। यती एअरलाइन्सका सीईओ सापकोटाले भने, ‘दुवै संस्थाका ग्राहकलाई प्रत्यक्ष लाभ हुने खालको योजना ल्याइएको हो, र भविष्यमा थप नविन सेवाहरू ल्याइनेछ।’

ग्लोबल आइएमई बैंक नेपालभर ७७ वटै जिल्लामा ३५४ शाखा, ३८५ एटिएम, २०२ शाखारहित बैंकिङ सेवा र ६८ एक्सटेन्सन काउन्टरसहित ११०० भन्दा बढी सेवा केन्द्रबाट सेवा दिइरहेको छ। साथै, बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, जापान, कोरिया, खाडी मुलुकलगायत दर्जनौं देशबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ।

उता, यती एअरलाइन्स २६ वर्षदेखि नेपाली आकाशमा सेवा दिँदै आएको अग्रणी निजी वायुसेवा कम्पनी हो। कम्पनीले ७ एटीआर ७२ विमानमार्फत देशभरका प्रमुख गन्तव्यहरूमा नियमित उडान गर्दै आएको छ, भने तारा एयरमार्फत दुर्गम क्षेत्रका नागरिकलाई पनि सहज हवाई सेवा पुर्‍याइरहेको छ। यो सहकार्यले नेपाली डिजिटल बैंकिङ र हवाई यात्रा अनुभवलाई अझ सहज, सुलभ र आकर्षक बनाउने विश्वास दुबै संस्थाले व्यक्त गरेका छन्।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै