DISH HOME

पैसा नभएको चेक भिडाएर फरार रहेका दुई प्रतिवादी कञ्चनपुरबाट पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा लामो समयदेखि फरार रहेका दुई जना व्यक्तिलाई प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा कञ्चनपुर निवासी राम बहादुर गिरी थारु र मिलन राना रहेका छन्। उनीहरूमाथि बैंकिङ कसुर अन्तर्गत ७२ लाख ८३ हजार रुपैयाँ बराबरको बिगो कायम गरिएको प्रहरीले जनाएको छ।

राम बहादुर गिरी थारुलाई अदालतले १ वर्ष १० महिना ७ दिनको कैदसहित २५ लाख ४० हजार रुपैयाँ जरिवाना तोकेको थियो। यस्तै, मिलन रानालाई २२ लाख ८३ हजार रुपैयाँ जरिवाना सुनाइएको थियो।

दुवै जनाविरुद्धको मुद्दामा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै