PRABHU BANK

महालक्ष्मी विकास बैंकले संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत गर्ने

Mahalaxmi Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत गर्ने भएको छ । बैंकले हाल रहेको संस्थापक सेयर र सर्वसाधारण सेयर समूहको अनुपात परिवर्तन गरी ५१ः४९ प्रतिशत कायम गर्ने भएको हो । यसअघि बैंकको संस्थापक र सर्वसाधारण सेयर समूहको अनुपात ५२.४९ र ४७.५१ रहेको थियो ।
विकास बैंकले नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन अनुसार हालको सेयरधनी अनुपातलाई रुपान्तरण गर्न लागेको हो । कम्पनीले माघ ६ गते उक्त सूचना जारी गरेको हो । यससँगै आफ्नो नाममा रहेको संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्न नचाहने सेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स्वः घोषणा विवरण बुझाउनु पर्ने व्यवस्था रहेको छ । उनीहरुले उक्त विवरण काठमाडौंको दरबारमार्गमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा बुझाउनु पर्ने भएको छ । 
यदि तोकिएको म्यादभित्रै स्वःघोषणा विवरण पेश नगर्ने सेयरधनीको पछि उजुरी नलाग्ने बैंकले जानकारी गराएको छ । यससँगै स्वःघोषणा विवरण पेश गर्नेले यो मितिको ३५ दिनभित्रै बुझाउनु पर्ने भएको छ । साथै सेयर अभौतिकीकरण नगर्ने सेयरधनीले समयमै सेयर अभौतिकीकरण गराउन पनि बैंकले आग्रह गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै