prabhu

ग्लोबल आइएमई बैंकद्वारा इभीको चार्जिङ स्टेसन संचालन

काठमाडौँ। ग्लोबल आइएमई बैंकले विद्युतीय सवारीसाधन (इभी)को चार्जिङ स्टेसन संचालनमा ल्याएको छ। विश्व वातावरण दिवसको अवसर पारेर बैंकले आफ्नो कर्पोरेट कार्यालय कमलादीमा विद्युतीय सवारीसाधन (इभी)को चार्जिङ स्टेसन संचालनमा ल्याएको हो ।

बैंकका संचालक कृष्ण प्रसाद शर्मा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गाडी चार्ज प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठले बिहीबार आयोजित एक कार्यक्रमकाबीच संयुक्तरुपमा उक्त चार्जिङ स्टेसनको उद्घाटन गरेका हुन् ।

गाडी चार्ज प्रालिसँगको सहकार्यमा बैंकले स्थापना गरेको सीसीटू सिगंल गनको क्षमता ४० किलोवाट छ। उक्त चार्जिङ स्टेसनमा बैंकमा सेवाका लागि आउने ग्राहक र बैंकका कर्मचारीहरूले आफ्नो इभी चार्ज गर्न सक्नेछन्।

पछिल्लो समय विद्युतीय सवारीसाधनका प्रयोगकर्ता बढेसँगै बैंकमा आउने ग्राहकहरूको सवारी साधनलाई लक्षित गरी चार्जिङ स्टेसन संचालनमा ल्याइएको बैंकले जानकारी दिएको छ। कार्यक्रममा बैंकका संचालक शर्माले बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गरी वातावरण अनुकुल इभीको प्रर्वर्धनको एक पहलको रुपमा यस चार्जिङ स्टेसनको स्थापना गरेको जानकारी दिए।

साथै, बैंकले आफ्नो व्यवसाय विस्तारसँगै वातावरणमैत्री उपायहरू अवलम्बन गरिरहेको समेत उल्लेख गरेका छन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै