prabhu

अब क्रेडिट कार्ड बोकेर हिँड्नु पर्दैन, मोबाइलमै सुविधा

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले डिजिटल सेवाको दायरा विस्तार गर्दै २०८२ साल जेठ २० गतेदेखि ‘ईबीएल भर्चुअल क्रेडिट कार्ड’ सेवा सुरु गरेको छ। यो सेवा मोबाइल बैंकिङ एपमार्फत प्रत्यक्ष रूपमा प्रयोग गर्न मिल्ने पूर्ण डिजिटल क्रेडिट कार्ड हो।

बैंकका अनुसार, ग्राहकले तोकिएको न्यूनतम मापदण्ड पुरा गरेपछि सो भर्चुअल कार्ड सजिलै प्राप्त गर्न सक्नेछन्। यस कार्डमार्फत ग्राहकले रु ५० हजारदेखि रु ५ लाखसम्मको क्रेडिट सीमा उपयोग गर्न सक्नेछन्। फोनपे क्युआर स्क्यानमार्फत वस्तु तथा सेवाको भुक्तानी, अनलाइन कारोबार, र कार्ड व्यवस्थापनजस्ता कार्यहरू डिजिटल माध्यमबाट गर्न सकिनेछ।

ईबीएल भर्चुअल क्रेडिट कार्ड सेवामा ४५ दिनसम्म क्रेडिट सुविधा निःशुल्क प्रयोग गर्न सकिने सुविधा दिइएको छ। साथै, ग्राहकले आफ्नो चाहनाअनुसार कुल बक्यौता रकमको कम्तीमा १० प्रतिशतदेखि पूरै रकमसम्म भुक्तानी गर्न सक्ने लचिलो विकल्प पनि उपलब्ध छ।

एभरेष्ट बैंकले यो सेवा सुरु गरेर ग्राहकको डिजिटल भुक्तानी अनुभवलाई थप सुरक्षित, सहज र प्रभावकारी बनाउने लक्ष्य राखेको जनाएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै