काठमाडौँ। बैंक ग्यारेन्टी रकममा ठगी गरेको आरोप रमण कन्स्ट्रक्सनका संचालक पवन महतो पक्राउ परेका छन्। काठमाडौँ जिल्ला प्रहरी परिसरले महत्तोलाई मंगलबार काठमाडौँबाट पक्राउ गरेको हो।
धनुषा जिल्ला प्रहरी कार्यालयले महत्तोविरुद्ध बैंकिङ कसुरसम्बन्धी उजुरीका आधारमा जेठ ६ गते जिल्ला अदालत धनुषाबाट पक्राउ पुर्जी जारी गरेपछि काठमाडौँ प्रहरीलाई पत्राचार गरेको थियो। त्यसपछि महत्तोलाई पक्राउ गरिएको हो।
ठेक्काको विषयमा साझेदार कम्पनीसँग विवाद भएपछि प्रहरीमा उजुरी परेको थियो। अदालतको आदेशअनुसार अनुसन्धानका लागि महत्तोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
रमण कन्स्ट्रक्सन मधेश प्रदेशमा ठूला सडक निर्माणका ठेक्कापट्टा लिने कम्पनी हो।