prabhu

कामना सेवा विकास बैंक नेपाल पे कार्ड र नेशनल कार्ड स्वीच प्रणालीमा आबद्ध

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच एनपीएस–एनसीएस (नेशनल पेमेंट स्वीच–नेशनल कार्ड स्वीच)तथा नेपाल पे कार्ड प्रणालीमा प्रिन्सिपल मेम्बरको रूपमा आबद्ध हुन सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

सम्झौतापत्रमा बैंकका प्रमुख सञ्चालन अधिकृत विकास ढुंगाना र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्।

एनसीएचएलले हालै एनपीएस.एनसीएस पूर्वाधारको तयारी सम्पन्न भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई नेपालकै डोमेस्टिक कार्ड स्किम “नेपाल पे कार्ड” को कार्ड इस्यु र अक्वायरिङ्ग सेवा सञ्चालन गर्न आफ्ना प्रणालीहरू स्वीचसँग एकीकृत गर्न आह्वान गरेको थियो। यसै सन्दर्भमा, कामना सेवा विकास बैंक पनि नेपाल पे कार्ड प्रणालीमा सहभागी भएको हो। अब बैंकले यो प्रणालीको व्यावसायिक सञ्चालन (कमर्शियल रोलआउट) पछि आफ्ना ग्राहकहरूलाई नेपाल पे कार्ड जारी तथा स्वीकृत गर्न सक्नेछ।

एनपीएस–एनसीएसलाई देशभित्रका विभिन्न कार्ड स्वीच प्रणालीहरूसँग अन्तरसंयोजन (इंटरअपरेबिलिटी) कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरूको राउटिङ्ग तथा सेटलमेन्टका लागि एक केन्द्रीय कार्ड स्वीचको रूपमा विकास गरिँदैछ। यस प्रणालीको पूर्ण कार्यान्वयनपछि डोमेस्टिक कारोबारको लागत घटाउने, डेटा स्थानीयकरण सुनिश्चित गर्ने, साथै डिजिटल भुक्तानी प्रणालीमा नवीनतम प्रविधिको विकास र विस्तार हुने अपेक्षा गरिएको छ।

एनसीएचएलले हाल ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पेमेन्ट सर्भिस अपरेटर (पीएसओ) र पेमेन्ट सर्भिस प्रोभाइडर (पीएसपी), साथै १०० भन्दा बढी गैर-बैंकिङ सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीमार्फत सेवा प्रदान गर्दै आएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै