prabhu

एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय अब आफ्नै भवन, कमलादीमा स्थानान्तरण

काठमाडौँ।  एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो कर्पोरेट कार्यालय कमलादी, काठमाडौं–२८ स्थित नवनिर्मित आफ्नै भवनमा स्थानान्तरण गरेको छ। वैदिक सनातन परम्पराअनुसार पूजा–अर्चना गरी बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालले औपचारिक रुपमा भवनको समुद्घाटन गरेका हुन्।

उक्त अवसरमा बैंकका सञ्चालक समिति सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत तथा अन्य उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेपछि बैंकको थापाथलीस्थित ट्रेड टावरमा रहेको पुरानो कार्यालयबाट प्रमुख कार्यकारी अधिकृतको कार्यालयसहित अन्य कार्यकारी शाखा तथा विभागहरू नयाँ भवनमा सारिएको हो। अबदेखि बैंकका सम्पूर्ण सेवा तथा सुविधाहरू यही कर्पोरेट कार्यालयमार्फत उपलब्ध हुनेछन्। यस स्थानान्तरणले ग्राहकहरू तथा सरोकारवालाहरूलाई सेवा प्राप्त गर्न अझ सहज र प्रभावकारी हुने बैंकको विश्वास छ।

हाल बैंकले देशभर ३६० शाखा, ६७० एटिएम, ११६ विस्तारित काउन्टर तथा ४२ शाखारहित सेवा केन्द्रमार्फत आफ्नो सेवा प्रदान गरिरहेको छ। साथै, बैंकले वित्तीय पहुँच न्यून रहेका मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता दुर्गम जिल्लाहरूमा समेत आफ्नो सेवा विस्तार गरी वित्तीय समावेशीकरणमा योगदान पुर्‍याउँदै आएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै