काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३५ रुपैयाँ ८४ पैसा र बिक्री दर १३६ रुपैयाँ ४४ पैसा रहेको छ।
आज युरो एकको खरिद दर १५४ रुपैयाँ ५९ पैसा र बिक्री दर १५५ रुपैयाँ २७ पैसा रहेको छ । मंगलबार बेलायती पाउण्डको खरिद दर १८४ रुपैयाँ १९ पैसा र बिक्री दर १८५ रुपैयाँ ०० पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ २७ पैसा र बिक्री दर ३७ रुपैयाँ ४४ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । बाँकी अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्: