prabhu

५ सय र एक हजारको नयाँ नोट छाप्ने गभर्नरको पहिलो निर्णय

काठमाडौँ। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले ५ सय र १ हजारको नयाँ नोट छाप्ने निर्णय गरेका छन्। पदभार ग्रहणसमारोह पछि उनले ५ सय र १ हजारको नयाँ नोट छाप्ने पहिलो निर्णय गरेका हुन्।

नवनियुक्त गभर्नर पौडेलले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्तीय नीति कार्यान्वयनमा सहयोग पुर्‍याउने जनाएका छन्। योसँगै उनले अर्थतन्त्र र मौद्रिक क्षेत्रमा देखिएका समस्याहरू समाधानमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

सर्वोच्च अदालतमा आयोजित समारोहमा नवनियुक्त गभर्नर पौडेलले पद तथा गोपनियताको सपथ लिएपछि गभर्नर पौडेल राष्ट्र बैंकको कार्यालय बालुवाटार पुगेर पदभार ग्रहण गरेका हुन् । पौडेललाई मंगलबार बसेको मन्त्रिपरिषद बैठकले गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै