काठमाडौँ । नाडेप लघुवित्त वित्तीय संस्थाले रोजगारी खुलाएको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदका लागि रोजगारी खुलाएको हो ।
कम्पनीले कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि रोजगारी खुलाएको छ । उक्त पदमा आवेदन दिन चाहनेले जेठ २१ गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत दिन सकिनेछ ।
साथै, आवेदन दिनेको उमेर २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार उक्त पदका आवेदन सदनेसँग मोटरसाइकल चालक अनुमति पत्र भएको हुनुपर्नेछ ।