prabhu

अर्थमन्त्री पौडेल र नवनियुक्त गभर्नरबीच भेटवार्ता (तस्विरहरू)

काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलबीच बुधबार अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ। उक्त भेटवार्तामा अर्थमन्त्री पौडेलले नवनियुक्त गभर्नरलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

नवनियुक्त गभर्नर पौडेलले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्तीय नीति कार्यान्वयनमा सहयोग पुर्‍याउने जनाएका छन्। योसँगै उनले अर्थतन्त्र र मौद्रिक क्षेत्रमा देखिएका समस्याहरू समाधानमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

उक्त भेटका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरेलगायतको उपस्थित थियो। उनीहरूले पनि नवनियुक्त गभर्नरलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। तस्विरहरू:

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै