DISH HOME

ब्याजदर ओरालो लाग्दै, लगानीकर्ताको ध्यान कता ?

काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। प्रकाशित सूचनाका आधारमा, बैंकहरूको औसत ब्याजदर बैशाख महिनाको तुलनामा जेठमा केही घटेको छ।

बैशाखमा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदरको औसत ५.९७९५ प्रतिशत थियो, जुन जेठमा घटेर ५.९५२ प्रतिशतमा झरेको छ। यस अनुसार, बैंकहरूको ब्याजदर ०.०२७५ प्रतिशत विन्दुले घटेको हो।

२० वटा वाणिज्य बैंकहरूमध्ये १४ बैंकहरूले बैशाखको ब्याजदरलाई यथावत् राखेका छन्। बाँकी ६ मध्ये ३ बैंकहरूले ब्याजदर घटाएका छन् भने अन्य ३ ले बढाएका छन्।

ब्याजदर घटाउने बैंकहरूमध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सबैभन्दा बढी १ प्रतिशत विन्दुले कटौती गरेको छ। यस बैंकको ब्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर बैशाखमा ६.५ प्रतिशत थियो, जुन जेठमा ५.५ प्रतिशतमा झरेको हो। सिद्धार्थ बैंकले ०.२५ प्रतिशत विन्दुले घटाएको छ भने कुमारी बैंकले ०.०१ प्रतिशत विन्दुले कटौती गरेको छ।

यता, सानिमा बैंक, नेपाल बैंक र एभरेष्ट बैंकले भने ब्याजदर बढाएका छन्। तीमध्ये सानिमा बैंकले सबैभन्दा बढी ०.३८ प्रतिशत विन्दुले ब्याजदर बढाएको हो।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै