DISH HOME

‘गभर्नर नियुक्तिको विषयमा अन्तर्राष्ट्रिय स्तरमा बेइज्जती भयो’

काठमाडौँ। नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले गभर्नर नियुक्तिको विषयमा देशभित्र मात्रै नभएर अन्तर्राष्ट्रियस्तरमा समेत बेइज्जती भएको बताएका छन्। उनले एक कार्यक्रममा बोल्दै हालसम्म पनि गभर्नर नियुक्ति नभएपछि देशभित्र मात्रै नभएर अन्तर्राष्ट्रियस्तरमा समेत बेइज्जती भएको बताएका हुन्।

खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवाबीच कांग्रेसले सिफारिस गरेको मान्छे गभर्नर बनाउने सहमति भएको र सोही बमोजिम डा. गुणाकर भट्टलाई प्रस्ताव गरिएको उल्लेख गरेका छन्। उक्त सहमतिपछि डा. भट्टले पनि नेपाल राष्ट्र बैंकको निर्देशकबाट राजीनामा दिएका हुन्।

राष्ट्र बैंकका कामु गभर्नर डा. निलम ढुङ्गानाले राजीनामा स्वीकृत नगरेपछि नयाँ नाम प्रस्ताव गरिएको उनले बताएका छन्। खतिवडाले हाल विश्व पौडेलको नाम गभर्नरको लागि प्रस्ताव गरिएको उल्लेख गरेका छन्।

योसँगै उनले गभर्नर नै नियुक्ति गर्न नसक्ने सरकारले के गर्ला भन्ने म्यासेज जान थालेकाले छिटोभन्दा छिटो गभर्नर नियुक्ति गर्न आग्रह गरेका छन्।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै