prabhu

गभर्नर नियुक्ति प्रक्रियाले इतिहासमै असामान्य मोड लियो : सांसद बराइली

काठमाडौं । प्रतिनिधिसभा सदस्य रणेन्द्र बराइलीले गभर्नर नियुक्ति प्रक्रिया अस्वाभाविक ढंगले लम्बिँदा इतिहासमै पहिलो पटक यस्तो अवस्था देखिएको बताएका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बराइलीले नेपाल राष्ट्र बैंकको गभर्नर पद लामो समयसम्म रिक्त रहनु इतिहासमै अभूतपूर्व भएको टिप्पणी गरे।

उनले भने, ‘गभर्नर नियुक्तिको विषयमा के हुनुपर्ने हो र के भइरहेको छ भन्ने कुरा सबैको आँखाअगाडि छर्लंग छ। यो विषयले त इतिहासलाई नै ब्रेक गरिदियो।’

बराइलीले गभर्नर जस्तो संवैधानिक निकायको नेतृत्व पद खाली रहनु अर्थतन्त्रमै असर पार्ने विषय भएकाले सरकारको ध्यानाकर्षण गराएका छन्।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै