prabhu

निर्धन उत्थान लघुवित्तको खुद नाफा र प्रतिसेयर आम्दानीमा उल्लेख्य वृद्धि

काठमाडौं  । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा उल्लेख्य वित्तीय प्रगति हासिल गरेको छ । कम्पनीको खुद नाफा १७३.२८ प्रतिशतले उकालो लाग्दै ४८ करोड ५ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको यही अवधिमा १७ करोड ५८ लाख रुपैयाँ मात्र थियो।

यद्यपि, सो अवधिमा खुद ब्याज आम्दानी भने १२.२३ प्रतिशतले घटेर १ अर्ब १९ करोड रुपैयाँमा झरेको छ। तर, सञ्चालन नाफामा १०१.९२ प्रतिशतले भएको वृद्धिले कुल नाफामा सुधार ल्याएको हो।

कम्पनीको हालको चुक्ता पुँजी २ अर्ब ६१ करोड रुपैयाँभन्दा माथि छ भने जगेडा कोषमा २ अर्ब ५८ करोड रुपैयाँ जम्मा गरिएको छ। यसैगरी, खराब कर्जा अनुपात पनि घटेर १०.७७ प्रतिशतबाट ९.०९ प्रतिशतमा झरेको छ।

खुद नाफामा आएको तीव्र वृद्धिले कम्पनीको प्रतिसेयर आम्दानी  मा पनि उल्लेख्य सुधार ल्याएको छ। प्रतिसेयर आम्दानी १५.५५ रुपैयाँले बढेर वार्षिक २४.५३ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ८.९८ रुपैयाँ मात्र थियो । अहिले कम्पनीको प्रतिसेयर नेटवर्थ २०८.०३ रुपैयाँ कायम छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै