राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्दै, तरलता व्यवस्थापन लक्ष्य

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले आइतबार ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्दैछ।

राष्ट्र बैंकका अनुसार उक्त निक्षेप संकलन आइतबार नै बोलकबोल प्रक्रियाबाट हुनेछ, जसका लागि बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन्।

२१ दिनका लागि जारी गरिने यस उपकरणको साँवा र ब्याज भुक्तानी मिति जेठ ११ गते तोकिएको छ। ब्याजदर भने बोलकबोल प्रक्रियाबाट तय हुनेछ।

बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँसम्म माग गर्न सक्नेछन् । राष्ट्र बैंकले तरलता नियन्त्रण गर्न अघिल्लो पटकहरूमा पनि यस्ता उपकरण प्रयोग गर्दै आएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्