सांसद रेखा यादवको प्रश्न: ‘गभर्नर नियुक्ति किन ठट्टाको विषय बनाइयो ?’
सांसद रेखा यादलवले सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयलाई ठट्टाको विषयमा लिएको आरोप लगाएकी छिन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद यादवले यस्तो आरोप लगाएकी हुन्।
योसँगै उनले गभर्नर नियुक्ति हुन नसकेकोप्रति प्रश्न उठाउँदै हालसम्म पनि ‘किन गभर्नर नियुक्ति गर्न सकिएको छैन’ भन्दै सरकारसँग जवाफ मागेकी छिन्।
उनले भनिन्, ‘नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा किन ढिलाइ भइरहेको छ ? आर्थिक कारोबारको हल्ला चलिरहेको छ। यो के हो ? किन यस्तो भइरहेको छ, जवाफ दिनुपर्यो।’ सांसद यादलवले राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने विषयलाई किन ठट्टाको रूपमा लिइदैँ छ भन्दै सरकारसँग जवाफ मागेकी छिन्।
कुमारी बैंकको एटिएम फोड्न खोज्ने व्यक्ति पक्राउ
कुमारी बैंकको एटिएम मेसिन तोडफोडको प्रयास गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। सोमबार राति करिब १२ बजेतिर काठमाडौँ महानगरपालिका १६ बाइपास ओरालोमा रहेको एटिएम मेसिन तोडफोडको प्रयास गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले घटनास्थलबाट नुवाकोटको विदुर नगरपालिका-१३ स्थायी ठेगाना भई हाल माछापोखरी सडक पेटीमा बसोबास गर्दै आएका २९ वर्षीय ज्ञानेन्द्र ठकुरीलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार ठकुरीले बाटोमा रहेको सिमेन्टको ब्लक प्रयोग गरी एटिएम मेसिन तोडफोड गर्ने प्रयास गरेका थिए। घटनाका बेला उनी मादक पदार्थ सेवन गरेको अवस्थामा थिए। प्रहरी देखेपछि भाग्न खोजेपनि उनलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
राष्ट्रिय वाणिज्य बैंक घोटाका तीन कर्मचारीविरुद्ध सर्वोच्चमा मुद्दा पुनरावेदन
राष्ट्रिय वाणिज्य बैंक इनरुवा शाखाका सहायक प्रबन्धक तारणीप्रसाद खतिवडा सहित तीनजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरेको छ।
बैंकमा खातावालाको नाम नै परिवर्तन गरेर रकम हिनामिना गरेको आरोप लागेका राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीविरुद्
२० वर्षदेखि निष्क्रिय रहेका खाता बन्द गर्दै नबिल बैंक
नबिल बैंकले २० वर्षदेखि प्रयोगमा नरहेका निष्क्रिय बैंक खाता बन्द गर्ने तयारी गरेको छ । बैंकले आफ्ना ग्राहकहरूलाई ती खाता सक्रिय पार्न असार १५ गतेसम्मको समय दिएको छ ।
नबिल बैंकले नेपाल बंगलादेश बैंक र युनाइटेड फाइनान्ससँग गाभिएपछि ती संस्थाहरूमा खोलिएका धेरै खाता वर्षौंदेखि निष्क्रिय रहेको जनाएको छ । यस्ता निष्क्रिय खाता सञ्चालनमा ल्याउन बैंकले खातावाल तथा कानुनी हकवालाहरुलाई सम्बन्धित शाखामा सम्पर्क गरी आवश्यक कागजातसहित आफ्नो पहिचान प्रमाणित गर्न आग्रह गरेको छ । यदि तोकिएको समयभित्र खाता सक्रिय गरिएन भने, ती खाता बैंकले बन्द गर्ने स्पष्ट जानकारी दिएको छ । नबिल बैंकले ग्राहकको जानकारी र सहुलियतको लागि यस सूचना सार्वजनिक गरेको हो ।
दुर्गा प्रसाईंले बैंकलाई तिर्नुपर्ने ऋण ७ अर्ब पुग्यो, प्रसाईँ सीआईबीको घेरामा, अब के हुन्छ ?
दुर्गा प्रसाईंसँग सीआईबीले बैंकिङ कसुरसम्बन्धी मुद्दामा बयान लिन थालेको छ। करिब ५ अर्ब ऋण लिएर तोकिएको प्रयोजनबाहेक अन्य काममा प्रयोग गरेको पाइएपछि सीआईबीले प्रसाईंसँग अबयान लिन थालेको हो।
उनले बैंकलाई तिर्नुपर्ने ब्याजसहित ऋण रकम ७ अर्ब पुगेको छ। हाल उनको बैंकिङ कसुर मुद्दामा मात्रै अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार उनको सम्पत्ति सुद्धिकरणमा पनि अनुसन्धान हुनसक्ने देखिएको छ।
केहि समयअघि दुर्गा प्रसाईँविरुद्ध अर्बौं रुपैयाँ ऋण दुरुपयोगको आरोप लागेको थियो। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दुर्गा प्रसाईँविरुद्ध अर्बौं रुपैयाँ ऋण दुरुपयोगको अनुसन्धानसमेत सुरु गरेको थियो।
‘मौद्रिक नीति बनाउने बेला आउँदै छ, राष्ट्र बैंक नेतृत्वविहीन छ’
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्की भण्डारीले अन्तरास्ट्रिय नजरमा देशको वित्तीय प्रणाली सङ्काको घेरामा रहेको बताएकी छिन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्।
सांसद भण्डारीले भनिन्, ‘मौद्रिक नीति बनाउने बेला आउँदै छ, तर राष्ट्र बैंक नेतृत्वविहीन छ, सरकारले महिना दिन बितिसक्दा पनि राष्ट्र बैंकमा गभर्नर नियुक्त गर्न सकेको छैन। सरकार मौन छ, यो गम्बिर संकेत हो।
उनले बैंकको खराब कर्जा अनुपात निर्देशकीय सिमा भन्दा माथि रहेको उल्लेख गरेकी छिन्। उनले सभामा भनिन्, ‘विश्व बैंक र एडिबी जस्ता साझेदारहरूले नियामकीय स्थायित्व खोजिरहेका छन्, यस्तो हुँदा पनि सरकार भने मौन छ।’
योसँगै उनले जनताले आर्थिक राहात कत्ति पनि पाउन नसकेको उल्लेख गरेकी छिन्।
सन नेपाल लाइफको मनपरी (भाग १): झुक्याएर बीमा गर्ने मेनेजर पक्राउ, हदैसम्मको बदमासीको खुल्यो पोल !
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय विराटनगरका मेनेजर सन्तोष अधिकारी पक्राउ परेका छन् । बीमा कम्पनीका मेनेजर पीडितले पाउनु पर्ने रकम कट्टा गरेर नयाँ बीमा कामय गरेको आरोपमा पक्राउ परेका हुन्।
उनले बीमाको ज्ञान नभएका दावीकर्तालाई झुक्याएर ठगी गरेका हुन्। मोरङको केराबारी गाउँपालिका ९ की भीमकुमारी विश्वकर्माले जिल्ला प्रशासन कार्यालयमा दिएको उजुरीका आधारमा प्रहरीले बीमा कम्पनी सन नेपाल लाइफ इन्स्योरेन्सका मेनेजरलाई नियन्त्रणमा लिएको हो।
भीम कुमारीका श्रीमान् नईन्द्र विश्वकर्मा वैदेशिक रोजगारीका लागि सन् २०८० मा बहराइन गएका थिए। त्यहाँ उनको २०८१ सालमा मृगौला रोगका कारण मृत्यु भएको थियो। सो घटनापछि उनकी पत्नी भीमकुमारीले वैदेशिक रोजगार म्यादी बीमा अन्तर्गत बीमा रकम १३ लाख रुपैयाँ पाउने थिइन्। भीमकुमारी बीमा भुक्तानीका लागि विराटनगरस्थित बीमा कम्पनीको कार्यालय पुग्दा त्यहाँका मेनेजर अधिकारीले ग्लोबल आइएमई बैंकमा खाता खोल्न लगाए। ती खाताहरू भीमकुमारी, मृतकका भदा प्रतिक विश्वकर्मा र जेठी श्रीमती मिरा विश्वकर्माको नाममा खोलिएको पाइएको छ।
बीमा रकम भुक्तानीका लागि आवश्यक कागजातमा सही छाप गराउने बहानामा अधिकारीले उनीहरूलाई हस्ताक्षर गराएका थिए। त्यसपछि प्राप्त रकममध्ये ५ लाख ७६ हजार मात्रै भीमकुमारीलाई दिइएको र बाँकी ६ लाख ४४ हजार १७८ रुपैयाँ ग्लोबल आइएमई बैंकमा फिक्स डिपोजिट गरिएको प्रहरी अनुसन्धानले देखाएको छ।
त्यस्तै, भीमकुमारीका नाममा वार्षिक ७० हजार भदा प्रतिकका नाममा वार्षिक ५१ हजार र मिरा विश्वकर्माका नाममा वार्षिक ७० हजार रुपैयाँको प्रिमियम बुझाउनु पर्ने गरी बीमा खाता खोलिएको खुलेको छ। तर, पीडितले नयाँ बीमा नगर्न चाहँदासमेत किन गरिएको भन्ने प्रश्नमा अधिकारीले जवाफ नदिएको र यही शंकाका आधारमा अनुसन्धान अघि बढाइएको जनाइएको छ।