DISH HOME

‘बैंकरहरूको मनोमानी र लुटका कारण बैंकहरू अस्तव्यस्त भए’

काठमाडौँ। आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले बैंकरहरूको मनोमानी र लुटका कारण बैंकहरू अस्तव्यस्त भएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले जनताले कर्जा नपाउँदा बैंकमा धेरै नै पैसा थुप्रिएको उल्लेख गरेका छन्। साथै, उनले तरलता व्यवस्थापनको नाममा राष्ट्र बैंकले २१ अर्ब ब्याज तिर्नुपरेको र त्यसमा जनताको पैसा खर्चिनु परेको भन्दै आपत्ति जनाएका छन् ।

साहले सत्तारुढ दलको आन्तरिक विवादले गर्भनर नियुक्ति रोकिनु देशको अर्थतन्त्रका लागि घातक भएको टिप्पणी गरे। योसँगै उनले बैंकरहरूले विदेशमा पैसा लाने गरेको समेत आरोप लगाएका छन् ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै