prabhu

खराब कर्जा घटेपछि सामुदायिक लघुवित्तको नोक्सानी घट्यो

काठमाडौं । खराब कर्जा दरमा उल्लेखनीय सुधार आएपछि सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नोक्सानी कम गर्न सफल भएको छ।

कम्पनीले यो अवधिमा १ करोड १ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ४ करोड ५९ लाख रुपैयाँ घाटाको तुलनामा धेरै कम हो ।

संस्थाको खराब कर्जा अनुपात ९.८६ प्रतिशतबाट घटेर ४.९७ प्रतिशतमा झरेको छ। यसले कर्जा जोखिम व्यवस्थापनमा सुधार ल्याउनुका साथै प्रावधान (प्रोभिजन )   खर्च घटाएको छ। साथै, खुद ब्याज आम्दानीमा ५२.१२ प्रतिशतको वृद्धि भई ७ करोड ३५ लाख रुपैयाँ पुगेको छ, जसले समग्र घाटा घटाउन सहयोग पुर्‍याएको हो।

हाल कम्पनीको चुक्ता पुँजी १७ करोड ८ लाख रुपैयाँ छ भने जगेडा कोषमा १ करोड ३१ लाख रुपैयाँ रहेको छ। यस अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी  ऋणात्मक रहँदै -७.७८ रुपैयाँ रहेको छ । यद्यपि, प्रतिसेयर नेटवर्थ भने १०७.७३ रुपैयाँमा कायम छ।

Shangrila Dev Bank
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै