DISH HOME

गभर्नर चाँडै नियुक्त हुन्छ : शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुने बताएका छन्।

शुक्रबार बिहान बूढानीलकण्ठस्थित देउवा निवासमा बसेको पार्टी पदाधिकारी बैठकमा नेताहरूले गभर्नर नियुक्तिमा भएको ढिलाइप्रति चासो व्यक्त गरेपछि देउवाले चाँडै टुंगो लाग्ने बताएका हुन्।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार, सभापति देउवाले बैठकमा ‘गभर्नर नियुक्तिको विषय सहमतिमा टुंगिन्छ, राष्ट्र बैंकको नेतृत्व व्यवसायिक र प्रोफेसनल व्यक्तिलाई दिनुपर्छ’ भन्ने धारणा व्यक्त गरे।

कांग्रेस र एमालेबीच सहमति नजुटेकै कारण गभर्नर नियुक्ति रोकिएको बताइन्छ।

बैठकमा संवैधानिक निकायहरूमा पदपूर्ति, (टीआरसी) प्रक्रिया अघि बढाउने विषय र शिक्षा विधेयकबारे पनि छलफल भएको प्रवक्ता महतले जानकारी दिए।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै