DISH HOME

नेपाल राष्ट्र बैंकले पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझायो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि तयार पारेको पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेश गरेको छ।

राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा/ निलम ढुङ्गाना तिम्सिनाले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई औपचारिक रूपमा उक्त प्रतिवेदन हस्तान्तरण गरेकी हुन्।

प्रतिवेदन तयार पार्ने क्रममा देशका विभिन्न क्षेत्रहरूको भ्रमण, अध्ययन तथा सरोकारवालासँगको छलफल गरिएको जानकारी गभर्नर तिम्सिनाले दिइन्।

अर्थमन्त्री पौडेलले उक्त प्रतिवेदन आगामी आर्थिक वर्षको बजेट निर्माणमा उपयोगी मार्गदर्शन हुने विश्वास व्यक्त गरे।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै