काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९३ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा संस्थाले ७२ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।
खुद ब्याज आम्दानी ३५.७१ प्रतिशतले वृद्धि भएर ७ करोड ७ लाख रुपैयाँ पुगेपछि नाफामा उल्लेखनीय सुधार आएको हो। साथै, इम्पेयरमेन्ट चार्ज (ऋण क्षतिपूर्ति कोष) मा गरिएको कटौतीले पनि नाफामा सकारात्मक असर पारेको देखिन्छ।
संस्थाको सञ्चालन नाफा १ करोड ३३ लाख रुपैयाँ पुगेको छ। हाल मानुषीको चुक्ता पुँजी १० करोड ९३ लाख रुपैयाँ छ भने जगेडा कोषमा ४ करोड ७९ लाख रुपैयाँ संचित छ।
प्रतिसेयर आम्दानी २.६ रुपैयाँले वृद्धि भई ११.३८ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५२.३४ रुपैयाँ रहेको छ।