DISH HOME

एटीएम कार्ड सम्बन्धी सूचना र सहायता व्यवस्थामा कडाई

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकलाई सजिलो र छरितो बैंकिङ सेवा प्रदान गर्न एटीएम कार्डको सुविधा उपलब्ध गराउँदै आएका छन् । यस सुविधाले तत्काल नगद आवश्यक परेका ग्राहकलाई चेक भर्ने झन्झटबाट मुक्ति दिलाएको छ ।

नेपाल राष्ट्र बैंकले एटीएम कार्डसम्बन्धी सेवा तथा जानकारी प्रदान गर्नका लागि केही नयाँ प्रावधानहरू लागू गरेको छ। राष्ट्र बैंकका अनुसार, बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना एटीएम मेसिन रहेको स्थानमा सम्बन्धित कर्मचारीको नाम, सम्पर्क नम्बर, संस्थाको नाम, ठेगाना र टेलिफोन नम्बर स्पष्ट रूपमा नेपाली र अंग्रेजी दुवै भाषामा उल्लेख गर्नुपर्नेछ। यसले ग्राहकलाई आवश्यक परेमा तुरुन्त सहायता लिन सहज हुने विश्वास गरिएको छ।

त्यसैगरी, एटीएम मेसिनमा प्राविधिक समस्या आएर सञ्चालनमा अवरोध भएमा यसको जानकारी तुरुन्त सम्बन्धित एटीएम सञ्चालनकर्ता संस्था र आवश्यक भएमा कार्ड जारी गर्ने संस्थालाई पनि जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले वित्तीय सूचना मार्फत यी प्रावधानहरूको कार्यान्वयनमा ध्यान दिन सम्बन्धित सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै