prabhu

एकैदिन ७ अर्ब रुपैयाँले घट्यो बैंकहरूको निक्षेप संकलन, अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम !

काठमाडौँ। बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन घटेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन एकैदिन ७ अर्ब रुपैयाँले घटेको हो।

वैशाख १५ गते ६८ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप रहेको बैंकहरुले वैशाख १६ गते ६८ खर्ब  ३८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । जुन ७ अर्ब रुपैयाँले कम हो।

यस अवधीमा वाणिज्य बैंकहरूको कर्जा लगानी पनि घटेको छ। बैंकहरूको कर्जा लगानी एकैदिन १ अर्ब रुपैयाँकाे घटेको छ।

हाल बैंकहरुको सिडी रेसियो ७९.३९ प्रतिशत र अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम भएको राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै